एसियन गेम्स छनोटका लागि दीपेन्द्र ऐरीको कप्तानीमा नेपाली क्रिकेट टोली घोषणा
नेपाल क्रिकेट संघ (क्यान) ले सिंगापुरमा मे ३१ देखि जुन ९ सम्म हुने पुरुष एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताका लागि दीपेन्द्र सिंह ऐरीको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा गरेको छ। यस छनोट प्रतियोगिताबाट शीर्ष चार टोलीले सन् २०२६ मा जापानमा हुने एसियन गेम्समा स्थान सुरक्षित गर्नेछन्।
6 समाचार
·
2 दिन अघि