प्रतिनिधिसभामा सांसदहरूद्वारा विकास निर्माणका लागि समानुपातिक बजेटको माग
प्रतिनिधिसभाको बैठकमा विभिन्न दलका सांसदहरूले विकास निर्माणका लागि समानुपातिक बजेट विनियोजन गर्न सरकारसँग माग गरेका छन्। सांसदहरूले पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, विपद् जोखिम, सूचना प्रविधि तथा सामाजिक समस्यालगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। यसका साथै, उनीहरूले भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण, निजी विद्यालयको शुल्क वृद्धि नियन्त्रण र मानव-वन्यजन्तु द्वन्द्व समाधानको पनि माग गरेका छन्।