नेपाली सेनाले रुपन्देहीको राम आधारभूत विद्यालयलाई नयाँ भवन हस्तान्तरण गर्यो
रुपन्देहीको रोहिणी गाउँपालिका-२ मैनिहवास्थित राम आधारभूत विद्यालयलाई नेपाली सेनाको तारादल गणले दुई कक्षाकोठासहितको नयाँ भवन निर्माण गरी हस्तान्तरण गरेको छ। 'शीघ्र प्रभावी योजना' अन्तर्गत निर्माण गरिएको उक्त भवनले विद्यार्थीलाई सुरक्षित र व्यवस्थित वातावरणमा अध्ययन गर्ने सुविधा उपलब्ध गराउने विश्वास गरिएको छ।