पोखरा महानगरपालिकाले अतिक्रमित संरचना हटाउने अभियान सुरु गर्यो
पोखरा महानगरपालिकाले पृथ्वीचोकको मूल सडकको हङकङ बजार हुँदै नयाँबजार निस्कने सडकछेउका अतिक्रमित संरचना हटाउने अभियान सुरु गरेको छ। महानगरपालिकाले जग्गा अतिक्रमण गरी बनाइएका भवनहरूमा डोजर चलाउने तयारी गरेको छ। यस अभियान अन्तर्गत विभिन्न संघसंस्थाका भवन, सार्वजनिक शौचालय लगायतका संरचना हटाइनेछन्।