रिस्ता गुरुङ ‘आबाट आमा २’ चलचित्रमा मुख्य अभिनेत्रीको रूपमा अनुबन्धित
अभिनेत्री रिस्ता गुरुङ नेपाली चलचित्र ‘आबाट आमा २’ मा मुख्य अभिनेत्रीको रूपमा अनुबन्धित भएकी छन्। निर्देशक चन्द्र पन्तले उनलाई चलचित्रको मुख्य भूमिकाका लागि अनुबन्ध गरेको जानकारी दिएका हुन्। यो चलचित्र आगामी असोज ३० गते फूलपातीको अवसर पारेर प्रदर्शनमा आउने तयारीमा छ।