तनहुँमा छोरी हत्या अभियोगमा आमा मैना थापा पक्राउ
तनहुँको शुक्लागण्डकी नगरपालिकामा ३१ दिनको छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा प्रहरीले मैना थापालाई पक्राउ गरेको छ। थापाले आफ्नै छोरी प्रिन्सीका थापालाई घरबेटीको करेसाबारीमा खाल्डो खनेर पुरेको अवस्थामा उनका श्रीमान् गोपाल थापाले फेला पारेका थिए। प्रारम्भिक अनुसन्धानमा थापाले डिप्रेसनको औषधि सेवन गर्दै आएको खुलेको छ।