ट्राफिक नियम उल्लंघनमा २ हजारभन्दा बढी चालक कारबाहीमा, २२ लाखभन्दा बढी राजस्व संकलन
काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ५५ जना सवारी चालकलाई कारबाही गरेको छ। यस कारबाहीबाट राज्यकोषमा २२ लाख ११ हजार ५०२ रुपैयाँ राजस्व दाखिला भएको छ। ट्राफिक प्रहरीले नियमविपरीत सवारी चलाउने, मादक पदार्थ सेवन गर्ने लगायतका विभिन्न कसुरमा चालकहरूलाई कारबाही गरेको हो।