बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ
▸ यस स्टोरीको अंश: बैंकिङ कसुर मुद्दामा फरार प्रणवलाल सिंह काठमाडौँबाट पक्राउ
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर मुद्दामा एक जना फरार व्यक्तिलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२२ बस्ने ५३ वर्षीय प्रणवलाल सिंह रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । उनले भने, “जिल्ला अदालत काठमाडौँबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका निज सिंहलाई हाम्रो टोलीले काठमाडौँ महानगरपालिका–१३ छाउनीबाट पक्राउ गरेको हो ।”
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›