कैलालीको बेहडाबाबा धार्मिक स्थलमा गङ्गादशहरा मेला सुरु
कैलालीको धनगढी उपमहानगरपालिका–१६, रामपुरस्थित धार्मिक एवं ऐतिहासिक महत्वको बेहडाबाबामा आजदेखि गङ्गादशहरा मेला सुरु भएको छ । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेमबहादुर चन्दका अनुसार आज राति १२ बजे जल चढाएर पूजाअर्चना गरी मेलाको सुरुवात गर्ने परम्परा छ । यो मेला जेठ १५ गतेसम्म सञ्चालन हुनेछ ।