जगद्गुरु शङ्कराचार्यले चन्द्रागिरिस्थित भालेश्वर महादेव मन्दिरमा गरे पूजाअर्चना
दक्षिणाम्नाय शृङ्गेरी शारदा पीठका पीठाधीश्वर जगद्गुरु शङ्कराचार्य श्री विधुशेखर भारती महास्वामीले 'धार्मिक विजय यात्रा नेपाल–२०२६' को क्रममा काठमाडौंको चन्द्रागिरि डाँडामा अवस्थित भालेश्वर महादेव मन्दिरमा पूजाअर्चना गरेका छन्। चन्द्रागिरि हिल्सका पदाधिकारीहरूले स्वागत गरेका शङ्कराचार्यले यस क्षेत्रको प्राकृतिक सुन्दरता र वातावरणको प्रशंसा गर्दै अलौकिक अनुभूति भएको बताए।