लघुवित्त बैंकर संघले शान्ति सुरक्षा र लगानीको वातावरण बनाउन सरकारसँग माग गरेको छ
नेपाल लघुवित्त बैंकर संघले देशमा शान्ति सुरक्षाको व्यवस्था गर्न र लगानीको वातावरण सिर्जना गर्न सरकारसँग माग गरेको छ। संघका अध्यक्ष रामबहादुर यादवले ऋण मिनाहा अभियान चलाउनेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने र आर्थिक मन्दीको अवस्थामा लगानीको वातावरण बनाउनुपर्ने बताएका छन्। महासचिव सञ्जयकुमार मण्डलले पनि बजार चलायमान बनाउन सरकारले वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएका छन्।