बाली बीमामा ८२% गिरावट, अनुदान कडाइ र प्राविधिक जटिलता कारक
नेपालमा बाली बीमालेखको संख्या र बीमांक रकममा भारी गिरावट आएको छ, जसले कृषि क्षेत्रको नीति र यथार्थबीचको खाडल देखाएको छ। आर्थिक वर्ष २०८१/८२ मा बाली बीमालेखको संख्या ८२.७५ प्रतिशतले घटेर १ हजार ६७८ मा सीमित भएको छ भने कुल बीमांक रकम पनि १९२.८५ करोड रुपैयाँमा झरेको छ। यस गिरावटको मुख्य कारण सरकारले अनुदान वितरणमा गरेको कडाइ, विगतमा भएको राज्यकोषको दोहन र प्राविधिक जटिलतालाई मानिएको छ।