किसानलाई मलको अभाव हुन नदिन सरकारको विशेष ध्यानाकर्षण भएको छ: कृषिमन्त्री

यस स्टोरीको अंश: कृषि मन्त्री गीता चौधरी भन्छिन्: धान रोपाइँमा मल अभाव हुँदैन, भारतसँग ५० हजार टन खरिद प्रक्रिया अघि बढ्यो
www.makalukhabar.com · 1 दिन अघि

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले किसानलाई मलको अभाव हुन नदिन सरकारको विशेष ध्यानाकर्षण भएको बताएकी छन् । उनले किसानलाई मलको अभाव हुन नदिन सरकारले हालै भारतसँग ५० हजार मेट्रिक टन मल खरिद गर्ने प्रक्रिया सुरु गरिसकेको जानकारी दिइन् । मध्यपूर्वमा देखिएको द्वन्द्वका कारण मलको उत्पादन र आपूर्तिमा समस्या आएको तथ्य पनि उनले संसद्मा स्मरण गराइन् । सरकारले रासायनिक मलको सन्तुलित प्रयोग तथा जैविक तथा प्राङ्गारिक मलको प्रयोगमा जोड दिएको पनि उनले स्पष्ट पारिन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू