ट्राफिक नियम उल्लंघनमा २,०५५ चालक कारबाहीमा, २२ लाख ११ हजार राजस्व संकलन
गएको २४ घण्टामा २,०५५ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन्। यसबाट राज्यकोषमा २२ लाख ११ हजार ५०२ राजस्व दाखिला भएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मादकपदार्थ सेवन, तीव्र गति, लेन अनुशासन उल्लंघन, निषेधित क्षेत्रमा हर्न बजाउने लगायतका नियम उल्लंघनमा कारबाही गरेको हो।