उत्तरी गोरखाकी गम्भीर सुत्केरी महिलाको नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार
उत्तरी गोरखाको धार्चे गाउँपालिकाकी एक गम्भीर अवस्थाकी सुत्केरी महिला विमला विकलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौँको परोपकार प्रसूतिगृहमा पुर्याइएको छ। सुत्केरी भएपछि एक्कासि बिरामी भई सघन उपचारको आवश्यकता परेपछि उनलाई उद्धार गरिएको हो। हाल उनको अवस्था गम्भीर रहेको बताइएको छ।