Drishti News – Nepalese News Portal RONB post Himalaya Times
5 स्रोत · 5 समाचार
सुरु 1 हप्ता अघि · अपडेट 1 हप्ता अघि

रसुवाको गोसाइँकुण्डमा गङ्गा दशहरा पर्वअन्तर्गत १० दिने विशेष मेला सुरु

Photo · www.globalaawaj.com

रसुवा जिल्लाको उच्च भागमा अवस्थित गोसाइँकुण्डमा गङ्गा दशहरा पर्वअन्तर्गत १० दिने विशेष मेला आजदेखि सुरु भएको छ । मेला भर्नका लागि टाढा टाढाबाट भक्तजनहरू कुण्डमा स्नान तथा भगवान् शिवको पूजा आराधना गर्न पुगेका छन् । धार्मिक विश्वासअनुसार शिवको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने र शारीरिक रोगव्याध हट्ने मान्यता छ ।

  • समुद्र मन्थन गर्दा निस्केको कालकुट विष सेवनका कारण भएको छटपटी र डाहा शान्त पार्न भगवान् शिव निलाद्रि पर्वत पुग्नुभएको धार्मिक मान्यता छ ।
  • त्रिशूल प्रहारबाट निलाद्री पर्वतमा जल उत्पन्न गराई पानीको प्यास मेट्नुभई त्यही जलले बनेको पोखरीमा शिव शङ्कर भगवान् विराजमान रहेको किम्वदन्ती छ ।
  • गोसाइँकुण्ड तीर्थ समुद्री सतहबाट चार हजार तीन सय ८० मिटरको उचाइमा अवस्थित छ ।
  • उत्तरगया धाम बेत्रावती पुगेर स्नान तथा गङ्गा पूजन गरी गोसाइँकुण्ड जानुपर्ने, चोलाङ पाटीमाथि बाटोमा ढुङ्गा राखेर घर बनाउने र लौरी विनायकमा लौरी चढाइ गोसाइँकुण्ड जानुपर्ने मान्यता छ ।
  • फर्किदा ल्याएको जल धैबुङस्थित कालिका मन्दिरमा चढाएर घर जाँदा पुण्य मिल्ने मान्यता रहेको बताइन्छ ।
शेयर ↗
सम्बन्धित
धार्मिक सद्भाव भड्काउने अभिव्यक्ति दिएको आरोपमा जनक परियार पक्राउ धार्मिक सद्भाव भड्काउने अभिव्यक्ति दिएको आरोपमा जनक परियार पक्राउ

काठमाडौंमा धार्मिक सद्भाव भड्काउने अभिव्यक्ति दिएको अभियोगमा जनक परियार पक्राउ परेका छन्। रुकुम पश्चिम घर भई हाल काठमाडौंको टोखा नगरपालिका बस्ने परियारलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ। केही दिनअघि अनामनगरस्थित संवाद डबलीमा उनले यस्तो अभिव्यक्ति दिएका थिए।

3 समाचार · 15 घण्टा अघि
मुस्ताङमा विश्वकै ठूलो शालिग्राम मूर्ति उद्घाटन गरियो, जगद्गुरु शंकराचार्यद्वारा समुद्घाटन मुस्ताङमा विश्वकै ठूलो शालिग्राम मूर्ति उद्घाटन गरियो, जगद्गुरु शंकराचार्यद्वारा समुद्घाटन

मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित कालीगण्डकी तटमा २२ फिट अग्लो विश्वकै ठूलो शालिग्राम मूर्ति उद्घाटन गरिएको छ। कर्नाटक राज्यको शृङ्गेरी शारदा पीठका पीठाधीश्वर जगद्गुरु शंकराचार्य महास्वामी विधुशेखर भारती महाराजले धार्मिक विधिपूर्वक यस विशाल शालिग्रामको समुद्घाटन गरेका हुन्। यसबाट यस क्षेत्रको धार्मिक पर्यटन प्रवर्द्धन हुने अपेक्षा गरिएको छ।

4 समाचार · 20 घण्टा अघि
पत्रकार ऋषि धमलाद्वारा बकर इदको शुभकामना, राष्ट्रिय एकता र भाइचारा सुदृढ पार्न जोड पत्रकार ऋषि धमलाद्वारा बकर इदको शुभकामना, राष्ट्रिय एकता र भाइचारा सुदृढ पार्न जोड

चर्चित पत्रकार ऋषि धमलाले बकर इद (ईद–उल–अजहा) को अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण मुस्लिम समुदायमा शुभकामना व्यक्त गरेका छन्। उनले यस पर्वले नेपाली समाजमा आपसी सद्भाव, प्रेम, भाइचारा, सहिष्णुता र राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।

3 समाचार · 1 दिन अघि
खुलामञ्चमा बकर इद पर्व मनाइयो, शान्ति र समृद्धिको कामना खुलामञ्चमा बकर इद पर्व मनाइयो, शान्ति र समृद्धिको कामना

मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान् पर्व बकर इद काठमाडौँको खुलामञ्चमा धार्मिक श्रद्धा, सामाजिक सद्भाव र उत्साहका साथ मनाइएको छ । यस अवसरमा सयौँ मुस्लिम धर्मावलम्बीले सामूहिक नमाज अदा गर्दै देशमा शान्ति, सहिष्णुता र आपसी एकताको कामना गरेका थिए । डा. अबुल हुसैन अन्सारीका अनुसार यो पर्व त्याग, अनुशासन, मानव सेवा र सामाजिक उत्तरदायित्वको सन्देश दिने विशेष अवसर हो ।

3 समाचार · 1 दिन अघि