गोसाइँकुण्ड स्नान आजदेखि सुरु
▸ यस स्टोरीको अंश: रसुवाको गोसाइँकुण्डमा गङ्गा दशहरा पर्वअन्तर्गत १० दिने विशेष मेला सुरु
रसुवा जिल्लाको गोसाइँकुण्डमा गङ्गा दशहरा पर्वअन्तर्गत १० दिने विशेष मेला सुरु भएको छ । मेला भर्न टाढा–टाढाबाट आएका भक्तजनले कुण्डमा स्नान तथा भगवान् शिवको पूजा आराधना गर्न थालेका छन् । शिवको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । समुद्र मन्थन गर्दा निस्केको कालकुट विष सेवनका कारण भएको छटपटी शान्त पार्न भगवान् शिव निलाद्रि पर्वत पुग्दा त्रिशूल प्रहारबाट जल उत्पन्न गराई पानीको प्यास मेटेको किम्वदन्ती छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित