एसियन गेम्स क्रिकेट छनोटका लागि दीपेन्द्रको कप्तानीमा नेपाली टोली घोषणा
नेपाल क्रिकेट संघ (क्यान) ले सिंगापुरमा आयोजना हुने एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताका लागि दीपेन्द्र सिंह ऐरीको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा गरेको छ। यो प्रतियोगिताबाट शीर्ष चार टोलीले सन् २०२६ मा जापानमा हुने एसियन गेम्समा स्थान सुरक्षित गर्नेछन्।