पठाओ एपबाट हेलिकप्टर बुकिङ सेवा सुरु, सिम्रिक एयरलाइन्ससँग सहकार्य
राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालले सिम्रिक एयरलाइन्ससँगको सहकार्यमा 'पठाओ हेली' नामक हेलिकप्टर बुकिङ सेवा सुरु गरेको छ। यस सेवामार्फत यात्रुहरूले पठाओ एप वा वेबसाइटबाट मुक्तिनाथ, सगरमाथा आधार शिविरलगायतका धार्मिक तथा पर्यटकीय गन्तव्यका लागि हेलिकप्टर बुक गर्न सक्नेछन्। पठाओ नेपालका प्रबन्ध निर्देशक यशु थापाका अनुसार यो सेवाले नेपालको डिजिटल इकोनोमीलाई १० गुणाले बढाउने लक्ष्य राखेको छ।