आईटीबी चीनमा नेपालको पर्यटन प्रवद्र्धन, सात प्रमुख कम्पनीको सहभागिता
▸ यस स्टोरीको अंश: चीनको ग्वाङ्झाउमा नेपाललाई ‘सबैभन्दा आकर्षक पर्यटकीय गन्तव्य’ सम्मान
नेपाल पर्यटन बोर्डले नेपालका सात प्रमुख पर्यटन कम्पनीहरूसँग मिलेर चीनको सांघाईमा आयोजित आईटीबी चाइना २०२६ मा सहभागिता जनाएको छ। सांघाई वल्र्ड एक्स्पो प्रदर्शनी तथा कन्भेन्सन सेन्टरमा मे २६ देखि २८ सम्म सञ्चालन भइरहेको उक्त अन्तर्राष्ट्रिय यात्रा तथा पर्यटन प्रदर्शनी विश्वभरका पर्यटन व्यवसायी र कम्पनीहरूबीच बीटुबि संलग्नताको प्रमुख प्लेटफर्मका रूपमा परिचित छ । नेपालले बुथ नम्बर एल–३५ मार्फत साहसिक पर्यटन, सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य, वेलनेस तथा विविध पर्यटन अनुभवहरू प्रदर्शन गरिरहेको बोर्डले जनाएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित