Drishti News – Nepalese News Portal Setopati Sidhakura Globe Nepal प्रशासन
5 स्रोत · 5 समाचार
सुरु 1 हप्ता अघि · अपडेट 1 हप्ता अघि

पश्चिमी र स्थानीय वायुको प्रभावले पाँच प्रदेशमा वर्षाको सम्भावना

Photo · prasashan.com

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा सामान्य बादल लाग्नेछ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तापक्रम बढ्ने सम्भावना छ ।

  • आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागमा सामान्य बादल लाग्नेछ ।
  • मधेस प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ ।
  • कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ ।
  • मधेस, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।
शेयर ↗
सम्बन्धित