सुरु 1 हप्ता अघि
·
अपडेट 1 हप्ता अघि
पश्चिमी र स्थानीय वायुको प्रभावले पाँच प्रदेशमा वर्षाको सम्भावना
Photo · prasashan.com
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा सामान्य बादल लाग्नेछ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तापक्रम बढ्ने सम्भावना छ ।
- आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागमा सामान्य बादल लाग्नेछ ।
- मधेस प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ ।
- कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ ।
- मधेस, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।
घटनाक्रम (5)
1 हप्ता अघि
globenepal.com
globenepal.com