सामसङ नेपालद्वारा आकर्षक छुट र ईएमआईसहित ‘अपग्रेड टु ग्यालेक्सी’ अफर घोषणा
सामसङ नेपालले आफ्ना ग्राहकहरूका लागि ‘अपग्रेड टु ग्यालेक्सी’ नामक विशेष अफर घोषणा गरेको छ। यस अफर अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो मोबाइल साटेर नयाँ ग्यालेक्सी स्मार्टफोन सिरिजमा अपग्रेड गर्दा आकर्षक छुट, थप एक्सचेन्ज बोनस, विशेष टेलिकम अफर र शून्य डाउन पेमेन्टमा २४ महिनासम्मको ईएमआई सुविधा प्राप्त गर्न सक्नेछन्। यो अफर मे २७ देखि जुन ३० सम्म देशभरिका अधिकृत सामसङ रिटेल स्टोर तथा पार्टनर आउटलेटहरूमा उपलब्ध हुनेछ।