पौवादुङमा गाउँपालिकाले तीन सयभन्दा बढी किसानलाई हाते ट्याक्टर वितरण गर्यो
भोजपुरको पौवादुङमा गाउँपालिकाले कृषि यान्त्रिकीकरण प्रवर्द्धन गर्ने लक्ष्यसहित तीन सयभन्दा बढी किसानलाई ५० प्रतिशत लागत साझेदारीमा हाते ट्याक्टर (मिनीटिलर) वितरण कार्यक्रम सुरु गरेको छ। यस कार्यक्रममार्फत परम्परागत खेती प्रणालीलाई आधुनिकीकरण गरी उत्पादन र उत्पादकत्व बढाउने तथा किसानलाई व्यावसायिक खेतीमा प्रोत्साहन गर्ने उद्देश्य राखिएको छ।