रिपोर्टर्स नेपाल biznessnews.com.com  RSS Feed arthadabali.com  RSS Feed CapitalNepal Lokpath | Online Nepali News
27 स्रोत · 47 समाचार
सुरु 1 दिन अघि · अपडेट 16 घण्टा अघि

नेपाल राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमय दर सार्वजनिक

Photo · nepalsamaya.com

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। यस अनुसार अमेरिकी डलर एकको खरिददर रु १५२.०८ र बिक्रीदर रु १५२.६८ कायम गरिएको छ। राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सक्ने जनाएको छ।

  • युरोपियन युरो एकको खरिददर रु १७७.०९ र बिक्रीदर रु १७७.७९, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर रु २०५.२४ र बिक्रीदर रु २०६.०५ तथा स्वीस फ्राङ्क एकको खरिददर रु १९४.६४ र बिक्रीदर रु १९५.४१ निर्धारण गरिएको छ।
  • अष्ट्रेलियन डलर एकको खरिददर रु १०९.०३ र बिक्रीदर रु १०९.४६, क्यानेडियन डलर एकको खरिददर रु ११०.१० र बिक्रीदर रु ११०.५४, सिङ्गापुर डलर एकको खरिददर रु ११९.०६ र बिक्रीदर रु ११९.५३ कायम गरिएको छ।
  • जापानी येन १० को खरिददर रु ९.५७ र बिक्रीदर रु ९.६१, चिनियाँ युआन एकको खरिददर रु २२.४२ र बिक्रीदर रु २२.५० तथा साउदी अरेबियन रियाल एकको खरिददर रु ४०.५३ र बिक्रीदर रु ४०.६९ रहेको छ।
  • कतारी रियाल एकको खरिददर रु ४१.७२ र बिक्रीदर रु ४१.८८, थाई भाट एकको खरिददर रु ४.६८ र बिक्रीदर रु ४.७० तथा यूएई दिर्हाम एकको खरिददर रु ४१.४० र बिक्रीदर रु ४१.५७ तोकिएको छ।
  • भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।
शेयर ↗
सम्बन्धित

थप अर्थतन्त्र

सबै हेर्नुहोस्
आर्थिक सर्वेक्षण २०८२/८३ सार्वजनिक: आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान आर्थिक सर्वेक्षण २०८२/८३ सार्वजनिक: आर्थिक वृद्धिदर ३.८५ प्रतिशत रहने अनुमान

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै चालू आर्थिक वर्षमा नेपालको अर्थतन्त्र ३.८५ प्रतिशतले विस्तार हुने अनुमान गरिएको बताएका छन्। विश्व अर्थतन्त्र ३.१ प्रतिशतमा खुम्चने प्रक्षेपण भइरहेका बेला नेपालको यो वृद्धिदरलाई सकारात्मक मानिएको छ। सर्वेक्षणअनुसार मुलुकको अर्थतन्त्रको कुल आकार ६६ खर्ब रुपैयाँ पुग्ने र नेपालीको प्रतिव्यक्ति कुल राष्ट्रिय आय १,५३५ अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ।

76 समाचार · 4 घण्टा अघि
सार्वजनिक संस्थान: २७ नाफामा, १६ घाटामा, दुई बन्द सार्वजनिक संस्थान: २७ नाफामा, १६ घाटामा, दुई बन्द

सरकारले सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार नेपालमा सञ्चालित ४५ सार्वजनिक संस्थानमध्ये २७ वटा नाफामा र १६ वटा घाटामा सञ्चालित छन्। बाँकी दुई संस्थान बन्द छन्। प्रतिवेदनले कमजोर व्यवस्थापन, वित्तीय अनुशासनहीनता र संरचनात्मक सङ्कटबाट गुज्रिरहेका संस्थानहरूको अवस्था मिश्रित रहेको देखाएको छ।

6 समाचार · 4 घण्टा अघि
नागरिक लगानी कोष र नबिल बैंकबीच कर्मचारी अवकाश कोष व्यवस्थापन सम्झौता नागरिक लगानी कोष र नबिल बैंकबीच कर्मचारी अवकाश कोष व्यवस्थापन सम्झौता

नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको योगदानमा आधारित वा अन्य अवकाश कोषको व्यवस्थापन गर्न सम्झौता भएको छ। यस सम्झौता अन्तर्गत कोषले बैंकका कर्मचारीहरूको व्यक्तिगत खाता तयार गरी अभिलेख राख्नेछ र सेवा निवृत्त कर्मचारीलाई अवकाश रकम भुक्तानी गर्नेछ।

4 समाचार · 5 घण्टा अघि
खाद्य विभागले ‘तेज’ तोरी तेल गुणस्तरहीन भन्दै बजारबाट फिर्ता गर्न आदेश दियो खाद्य विभागले ‘तेज’ तोरी तेल गुणस्तरहीन भन्दै बजारबाट फिर्ता गर्न आदेश दियो

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘तेज’ ब्रान्डको तोरी तेल गुणस्तरहीन पाइएको भन्दै तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ। विभागले प्रयोगशाला परीक्षणमा तेल नेपाल सरकारले तोकेको मापदण्ड पूरा नगरेको पाइएपछि यो निर्देशन जारी गरेको हो।

3 समाचार · 5 घण्टा अघि