कानुनमन्त्री गौतम र इजरायली राजदूत बासबीच कानुनी सहकार्य विस्तारबारे छलफल
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र नेपालका लागि इजरायली राजदूत शमुलिक एरी बासबीच शिष्टाचार भेटवार्ता भएको छ। भेटमा नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६६औँ वर्षमा कानुनी दस्तावेज निर्माण गरी सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ। इजरायल सरकारले कानुन मन्त्रालयमार्फत आपसी सम्बन्ध प्रगाढ बनाउन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।