एभरेस्ट टुरिजम अवार्ड २०२६: पेर्टेम्बा शेर्पालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड
एभरेस्ट टुरिजम अवार्ड २०२६ का अवसरमा सगरमाथा आरोही पेर्टेम्बा शेर्पालाई पर्यटन क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ। पूर्वराष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शेर्पालाई नगद ५१ हजार एक सय ५१ रुपैयाँ, दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरियो। यसैगरी, सामाजिक योगदान र शान्ति स्थापनाका प्रयासका लागि पप्पु यादव (राजेश रञ्जन) लाई ‘पिस हिरो अवार्ड २०२६’ प्रदान गरियो।