राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मिङ्मा डेभिड शेर्पाद्वारा संघीय संसद्को लोगो सहित सगरमाथाको सफल आरोहण
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पाले संघीय संसद्को लोगो प्रयोग गरी सगरमाथाको सफल आरोहण गरेका छन्। उनले बुधबार बिहान ५:४० बजे सर्वोच्च शिखरमा पाइला टेकेका हुन्। 'सदनदेखि शिखरसम्म' भन्ने नाराका साथ गरिएको यस आरोहणमा सभामुख डोलप्रसाद अर्यालसहित सहयोगीहरूलाई उनले आभार व्यक्त गरेका छन्।