सुरु 1 हप्ता अघि
·
अपडेट 1 हप्ता अघि
स्थानीय बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ
स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला रु तीन हजार ३०० ले ओरालो लागेको छ भने चाँदीको मूल्य तोलामा रु एक सय २५ ले घटेको छ ।
- आज छापावाल सुन प्रतितोला रु दुई लाख ९२ हजारमा कारोबार हुनेगरी निर्धारण गरिएको छ ।
- मङ्गलबार प्रतितोला रु दुई लाख ९५ हजार ३०० मा कारोबार भएको छापावाला सुन आज घटेको हो ।
- यस्तै, चाँदीको मूल्य तोलामा रु एक सय २५ ले ओरालो लागेको छ ।
- मङ्गलबार प्रतितोला रु पाँच हजार ८५ मा कारोबार भएको चाँदी आजका लागि भने प्रतितोला रु चार हजार ९६० निर्धारण गरिएको छ ।
घटनाक्रम (7)
1 हप्ता अघि
nepalnews.com
nepalnews.com
सुन महँगियो, चाँदी सस्तियो
1 हप्ता अघि
sansarnews.com
sansarnews.com