नेपालको ‘सौम्य शक्ति’ परिचालन गर्ने बजेटको लक्ष्य
सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत नेपालको कला संस्कृति, प्राकृतिक सम्पदा र शान्तिवादी छविलाई विश्व समुदायमाझ पुर्याई आर्थिक समृद्धिको मार्गमा अगाडि बढाउने लक्ष्यका साथ ‘सौम्य शक्ति’ परिचालन गर्ने कार्यक्रम अगाडि सारेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्मा प्रस्तुत गरेको बजेटमा नेपालको हिमालय पर्वत, सगरमाथा, बुद्ध जन्मस्थल, सांस्कृतिक विविधता, योग, ध्यान, कला, पर्यटन, पदयात्रा, नेपाली आतिथ्य र शान्तिप्रिय छवि जस्ता पक्षहरूलाई सौम्य शक्तिको रूपमा लिई यसको एकीकृत उपयोगमार्फत नेपालको अन्तरराष्ट्रिय उपस्थिति, विश्वसनीयता र प्रभाव विस्तार गर्ने उल्लेख छ।