राष्ट्रपति पौडेलद्वारा सगरमाथाको संरक्षण र जिम्मेवार पर्यटनमा जोड
राष्ट्रपति रामचन्द्र पौडेलले विश्वकै सर्वोच्च शिखर सगरमाथाको प्राकृतिक सौन्दर्य र हिमाली वातावरण जोगाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने आह्वान गरेका छन्। अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले हिमाली सम्पदाको संरक्षण र सन्तुलित उपयोगबाट मात्र पर्यटन क्षेत्र मुलुकको आर्थिक विकासको आधार बन्न सक्ने बताए। राष्ट्रपति पौडेलले जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको असरप्रति चिन्ता व्यक्त गर्दै हिमाल जोगिए मात्र हिमाली पर्यटन टिकाउ हुने बताए।