नागरिक लगानी कोष र नबिल बैंकबीच कर्मचारी अवकाश कोष व्यवस्थापन सम्झौता
नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश कोष व्यवस्थापन गर्ने सम्झौता भएको छ। यस सम्झौताअनुसार, कोषले बैंकका कर्मचारीहरूको योगदानमा आधारित उपदान तथा अतिरिक्त अवकाश कोषको व्यवस्थापन गर्नेछ र उनीहरूको व्यक्तिगत खातामा रकम जम्मा गरी अभिलेख राख्नेछ। अवकाश प्राप्त कर्मचारीहरूले कोषबाट नियमानुसार कर कट्टा गरी भुक्तानी पाउनेछन्।