जलजलाको सम्भावना उजागर र समस्या समाधानका लागि पर्यटन प्रवर्द्धन कार्यक्रम
म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा रहेको जलजलाको पर्यटकीय सम्भावना उजागर गर्न र यस क्षेत्रका समस्या समाधानका लागि साझा मुद्दा तय गरी पहल गर्ने उद्देश्यले दुईदिने पर्यटन प्रवर्द्धन कार्यक्रम सुरु भएको छ। कार्यक्रममा सरोकारवालाको उपस्थितिमा बृहत् छलफल गरी साझा धारणा र योजना तय गरिनेछ।