मुक्तिनाथमा चारदिने बिदाले दर्शनार्थीको भीड, व्यवस्थापनमा चुनौती
हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको साझा धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा चारदिने बिदाका कारण दर्शनार्थीको उल्लेख्य भीड लागेको छ। आन्तरिक तथा भारतीय दर्शनार्थीको बाक्लो उपस्थितिपछि मुक्तिनाथ विकास समितिले व्यवस्थापनमा चुनौती महसुस गरेको छ। सरकारी तथा सार्वजनिक बिदाका कारण पछिल्लो तीन दिनयता २० देखि २५ हजारले मन्दिर दर्शन गर्ने गरेका छन्।