Himalaya Times Setopati Drishti News – Nepalese News Portal
3 स्रोत · 4 समाचार
सुरु 2 दिन अघि · अपडेट 1 दिन अघि

श्याम प्रसाद सुवेदीको ‘आधा नेपाली आधा भोजपुरी’ गीतको म्युजिक भिडियो सार्वजनिक

Photo · ehimalayatimes.com

गायक श्याम प्रसाद सुवेदीको नेपाली र भोजपुरी भाषाको समिश्रणमा तयार पारिएको नयाँ गीत ‘आधा नेपाली आधा भोजपुरी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। सर्जक विजेन्द्र नौबागेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पत्रकार, कलाकार तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति थियो। गीतको शब्द, संगीत तथा स्वर स्वयं गायक सुवेदीकै रहेको छ भने संगीत संयोजन सन्तोष प्रगाढले गरेका छन्।

  • गीतको छायांकन बारा जिल्लाको कोल्बी बजार तथा आसपासका विभिन्न रमणीय स्थानहरूमा गरिएको छ।
  • म्युजिक भिडियोको निर्देशन कृष्ण राजभण्डारी (एसक्यू) ले गरेका हुन् भने छायांकन केशव अधिकारी खत्रीले गरेका छन्।
  • भिडियोमा मोडल अग्नि राना मगर र दिब्या बयलकोटीको अभिनय देख्न सकिन्छ।
  • निर्माण टिमले नेपाली र भोजपुरी संस्कृतिको मिठास समेटिएको यस गीतले दर्शक तथा स्रोतामाझ विशेष स्थान बनाउने विश्वास लिएको छ।
शेयर ↗
सम्बन्धित
रिस्ता गुरुङ 'आ बाट आमा २' फिल्ममा अनुबन्धित, दसैंमा प्रदर्शन हुने रिस्ता गुरुङ 'आ बाट आमा २' फिल्ममा अनुबन्धित, दसैंमा प्रदर्शन हुने

चर्चित रियालिटी शो 'मेरो डान्स युनिभर्स २' की विजेता रिस्ता गुरुङ निर्देशक चन्द्र पन्तको फिल्म 'आ बाट आमा २' मा अनुबन्धित भएकी छन्। यो फिल्म आगामी दसैंको फूलपातीको अवसर पारेर असोज ३० गते प्रदर्शनमा आउने तयारी छ।

9 समाचार · 13 मिनेट अघि
हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘पल्सर आरपीएम’ कार्यक्रम आयोजना गर्दै हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘पल्सर आरपीएम’ कार्यक्रम आयोजना गर्दै

हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले जेठ १६ गते टोकास्थित स्केटर्स नेपालमा ‘पल्सर आरपीएम’ नामक कार्यक्रम आयोजना गर्ने भएको छ । यो कार्यक्रमले युवा, सडक संस्कृति, संगीत र राइडिङ समुदायलाई एकै मञ्चमा ल्याउने उद्देश्य राखेको छ । कार्यक्रममा स्टन्ट शो, बीएमएक्स प्रदर्शन, स्केट, बी–बोय प्रस्तुति, ग्राफिटी आर्ट, ¥याप र डीजे सेसन जस्ता गतिविधिहरू समावेश हुनेछन् ।

5 समाचार · 36 मिनेट अघि
कान्तिपुर थिएटरमा भारतीय लेखक कुलदीप कुणालको नाटक ‘महाभारत’ मञ्चन सुरु कान्तिपुर थिएटरमा भारतीय लेखक कुलदीप कुणालको नाटक ‘महाभारत’ मञ्चन सुरु

कान्तिपुर थिएटरमा आजदेखि भारतीय लेखक कुलदीप कुणालको नाटक ‘महाभारत’को नेपाली रूपान्तरण मञ्चन सुरु भएको छ। हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल पहिलोपटक नाटकमा अभिनय गर्दैछन् भने रमेश बुढाथोकी र सुवर्ण थापाको पनि अभिनय रहनेछ। नवीन भट्टले यस नाटकको नेपाली रूपान्तरण, डिजाइन र निर्देशन गरेका छन्।

9 समाचार · 37 मिनेट अघि
चलचित्र ‘गौँथली’को टिजर सार्वजनिक, साउन १ मा प्रदर्शन चलचित्र ‘गौँथली’को टिजर सार्वजनिक, साउन १ मा प्रदर्शन

चलचित्र ‘गौँथली’को टिजर सार्वजनिक भएको छ, जसमा मुख्य पात्रको कथालाई उजागर गरिएको छ । टिजरले आमाले छोरीको घर बसाउन गरेको प्रयास र छोरीले घरमा भोग्नुपरेको व्यवहारलाई देखाएको छ । श्रीमान्को फरक व्यवहारबाट आजित श्रीमती र छोरीको समुन्नत परिवार चाहने आमाको कथालाई यसले समेटेको छ ।

5 समाचार · 42 मिनेट अघि