श्याम प्रसाद सुवेदीको ‘आधा नेपाली आधा भोजपुरी’ सार्वजनिक
▸ यस स्टोरीको अंश: श्याम प्रसाद सुवेदीको ‘आधा नेपाली आधा भोजपुरी’ गीतको म्युजिक भिडियो सार्वजनिक
नेपाली तथा भोजपुरी भाषाको समिश्रणमा तयार गरिएको गायक श्याम प्रसाद सुवेदीको नयाँ गीत ‘आधा नेपाली आधा भोजपुरी’ को म्युजिक भिडियो एक कार्यक्रम बीच सार्वजनिक गरिएको छ । गीतको शब्द, संगीत तथा स्वर स्वयं गायक श्याम प्रसाद सुबेदीकै रहेको छ भने संगीत संयोजन सन्तोष प्रगाढले गरेका छन् । तृष्णा फिल्म्स नेपालको प्रस्तुतिमा तयार गरिएको भिडियोमा निर्माणमा प्रकाश भट्ट र पार्वती सुबेदीले सहयोग गरेका छन् । म्युजिक भिडियोको निर्देशन कृष्ण राजभण्डारी (एसक्यू) ले गरेका हुन् भने छायांकन केशव अधिकारी खत्रीले गरेका छन् । भिडियोमा मोडल अग्नि राना मगर र दिब्या बयलकोटीको आकर्षक अभिनय देख्न सकिन्छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›