सुरु 6 दिन अघि
·
अपडेट 5 दिन अघि
पश्चिमी वायु र न्यून चापीय क्षेत्रको प्रभावले देशका विभिन्न स्थानमा वर्षाको सम्भावना
Photo · www.onlinepana.com
हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभावले देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ।
- कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ भने केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्छ।
- गण्डकी र बागमती प्रदेशका केही स्थानमा अहिले नै वर्षा भइरहेको छ।
- रातिको समयमा पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ।
- उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना समेत रहेको छ।