वनमन्त्री चौधरीले बाँदर नियन्त्रणबारे सदनमा जवाफ दिइन्, कार्यदल गठन
वनमन्त्री गीता चौधरीले जंगली रातो बाँदरलाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरिएको र निजी खेतीमा क्षति पुर्याएमा धनीले धपाउन वा पक्रन सक्ने व्यवस्था रहेको बताएकी छन्। उनले बाँदर आतंक नियन्त्रणका लागि उच्चस्तरीय कार्यदल गठन गरी तीन महिनाभित्र अध्ययन प्रतिवेदन पेस गर्ने जानकारी दिइन्।