गगन थापाले जातीय भेदभाव र छुवाछुत राष्ट्रिय समस्या भएको बताए
नेपाली कांग्रेसका सभापति गगन थापाले जातीय भेदभाव र छुवाछुत कुनै एक जाति वा समुदायको मात्र नभई सिंगो राष्ट्रको समस्या भएको बताएका छन्। उनले यस कुरीति र कुसंस्कारको अन्त्यका लागि सबैको सामूहिक प्रयत्न आवश्यक रहेको र नेपाली कांग्रेस यसका लागि प्रतिबद्ध रहेको स्पष्ट पारेका छन्। थापाले दलित समुदायमाथि हुने सबै प्रकारका विभेद अन्त्यका लागि संविधान प्रदत्त अधिकारको पूर्ण कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका छन्।