नक्कली प्रहरी बनेर व्यवसायीलाई धम्क्याउने आशिष सुनुवार पक्राउ
प्रहरीको नक्कली परिचयपत्र देखाएर व्यवसायी तथा स्थानीयलाई धम्क्याउने आशिष सुनुवारलाई प्रहरीले काठमाडौंको गौरीघाटबाट पक्राउ गरेको छ। सुनुवारले आफू केन्द्रीय अनुसन्धान ब्यूरोको सहायक हवल्दार भएको भन्दै केही समयदेखि चाबहिललगायतका स्थानमा होटल व्यवसायी र सर्वसाधारणलाई धम्क्याउँदै हिँडेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।