गम्भीर रोगले थलिएका जोगेन्द्र मण्डलको उपचारका लागि आर्थिक सहयोगको अपिल
महोत्तरीका जोगेन्द्र मण्डल गम्भीर रोगको उपचारका लागि आर्थिक सहयोगको याचना गरिरहेका छन्। वैदेशिक रोजगारीका क्रममा पक्षघातको शिकार भएका मण्डल हाल किड्नी, प्यांक्रियाज र पेटसम्बन्धी जटिल समस्याबाट पीडित छन्। आर्थिक अभावका कारण समयमै उपचार गराउन नसक्दा उनको स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएको छ।