नेपाल ‘ग्रे लिस्ट’बाट बच्न अन्तिम प्रयासमा, एपिजी टोलीद्वारा असन्तुष्टि व्यक्त
सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण गर्ने सन्दर्भमा नेपाल अन्तर्राष्ट्रिय नियामक निकाय वित्तीय कारबाही कार्यदल (एफएटिएफ) अन्तर्गतको एसिया प्रशान्त समूह (एपिजी) द्वारा सन् २०२५ को फेब्रुअरीमा निगरानीको सूची अर्थात् ‘ग्रे लिस्ट’मा परेको थियो। यस सन्दर्भमा नेपालको अवस्था बुझ्न आएको एपिजीका डेपुटी एक्जिक्युटिभ सेक्रेटरी डेभिड श्याननको नेतृत्वमा रहेको उच्चस्तरीय टोलीले सरकारका काम कारबाही र प्रगतिप्रति गम्भीर असन्तुष्टि जनाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई यो सूचीबाट बाहिर निकाल्न सम्पूर्ण सामर्थ्य प्रयोग गर्ने आश्वासन दिएका छन्।