जुम्लामा मापदण्डविपरीत क्रसर उद्योग सञ्चालन, कारबाहीको चेतावनी
जुम्लामा सञ्चालित क्रसर उद्योगहरूले मापदण्ड पूरा नगरेको पाइएको छ। प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको नेतृत्वमा गरिएको अनुगमनमा पाँचवटै क्रसर उद्योग कानुनविपरीत सञ्चालनमा रहेको भेटिएको हो। कानुनी दायरामा नआए उद्योग बन्द गरी कारबाही गरिने चेतावनी दिइएको छ।