एसियन गेम्स छनोटमा इन्डोनेसियालाई हराउँदै नेपाल सेमिफाइनलमा
मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोट प्रतियोगितामा नेपालले इन्डोनेसियालाई ४ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हासिल गरी सेमिफाइनलमा प्रवेश गरेको छ। ११४ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर पूरा गर्यो। यस जितसँगै नेपाल समूह ‘बी’को विजेता बन्दै अन्तिम चारमा पुगेको छ।