पूर्वराष्ट्रपति भण्डारीबाट गणतन्त्रका अझ बढी परिपक्व र परिणाममुखी बनाउन आह्वान
▸ यस स्टोरीको अंश: पूर्वराष्ट्रपति भण्डारी र अध्यक्ष दाहालद्वारा गणतन्त्रलाई परिपक्व र परिणाममुखी बनाउन आह्वान
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले १९औँ गणतन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई ज्ञापन गर्दै सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ । उहाँले राज्यका सम्पूर्ण निकाय, राजनीतिक दल र आमनागरिकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रका मूल्य र मान्यताहरूलाई अझ बढी परिपक्व र परिणाममुखी बनाउन दृढ सङ्कल्पित हुन आह्वान गर्नुभएको छ । मुलुकको स्वाधीनता, राष्ट्रिय एकता र भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्दै आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा सबै जुट्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित