विद्यालयको पूर्वाधार अध्ययन गरी मास्टर प्लान बनाउने तयारीमा छौं: मन्त्री पोखरेल
▸ यस स्टोरीको अंश: विदेशी विश्वविद्यालय सम्बन्धन कलेज नियमन गर्न नयाँ नियमावली ल्याउँदै सरकार
शिक्षा, विज्ञान तथा प्रविधि तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयहरूको पूर्वाधार अध्ययन सुरु गरिएको जानकारी दिएका छन् । आइतबार काठमाडौं क्षेत्र नम्बर ४ मा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले देशभरका २७ हजार सामुदायिक विद्यालयमा राज्यको लगानी भइरहे पनि नतिजामा एकरूपता नदेखिएको स्वीकार गर्दै अब आवश्यकताका आधारमा लगानी गरिने बताए । त्रिभुवन विश्वविद्यालयलगायतका आठवटा विश्वविद्यालयमा उपकूलपति नियुक्तिको प्रक्रियालाई दलीय भागवण्डाबाट मुक्त गर्ने अभियानको रूपमा व्याख्या गर्दै उनले विद्यालयको पाठ्यक्रमलाई व्यवहारिक बनाउन कक्षा १ देखि १२ सम्मको पाठ्यक्रम पुनर्संरचना भइरहेको र त्यसमा खेलकुदलाई अनिवार्य अंगका रूपमा राखिने बताए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›