विश्वविद्यालय

काठमाडौं महानगरपालिकामा छात्रवृत्तिका लागि २६,८८८ विद्यार्थीको आवेदन
काठमाडौं महानगरपालिकामा छात्रवृत्तिका लागि २६,८८८ विद्यार्थीको आवेदन

काठमाडौं महानगरपालिका भित्रका विद्यालयहरूमा कक्षा ११ र १२ मा छात्रवृत्ति प्राप्त गर्न २६,८८८ जना विद्यार्थीले अनलाइन आवेदन फाराम भरेका छन्। यसमध्ये २३,४९९ जनाको आवेदन स्वीकृत भएको छ।

3 समाचार · 7 घण्टा अघि
युरोपेली सङ्घले नेपालको उच्च शिक्षामा सहकार्य र साझेदारी गर्न चासो देखाएको छ युरोपेली सङ्घले नेपालको उच्च शिक्षामा सहकार्य र साझेदारी गर्न चासो देखाएको छ

युरोपेली सङ्घ (इयू) सँग आबद्ध विभिन्न मुलुकका महामहिम राजदूतहरूले शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग भेटवार्ता गरी नेपालको उच्च शिक्षामा सहकार्य र साझेदारी गर्न चासो देखाएका छन्। प्रतिनिधिमण्डलले नेपाल सरकारका सुशासन प्रवर्द्धन, आर्थिक विस्तार र रोजगारी सिर्जना जस्ता प्रमुख प्राथमिकतासँग सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

4 समाचार · 8 घण्टा अघि
चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. श्रीकृष्ण गिरीलाई पुनः जिम्मेवारी चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. श्रीकृष्ण गिरीलाई पुनः जिम्मेवारी

चिकित्सा शिक्षा आयोगको रिक्त उपाध्यक्ष पदको जिम्मेवारी डा. श्रीकृष्ण गिरीलाई दिइएको छ। प्रधानमन्त्री एवं आयोगका अध्यक्ष बालेन शाहले अर्को व्यवस्था नभएसम्मका लागि उनलाई यो जिम्मेवारी सुम्पेका हुन्। यसअघि सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेश कार्यान्वयनपछि आयोगका उपाध्यक्ष डा. अञ्जनीकुमार झासहितका पदाधिकारी पदमुक्त भएका थिए।

5 समाचार · 10 घण्टा अघि
नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पठनपाठन सुरु नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानमा विद्यावारिधि तहको पठनपाठन सुरु

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, भण्डारखालमा विद्यावारिधि तहअन्तर्गत डिएम कार्डियोलोजी, डिएम क्रिटिकल केयर र एमसिएस युरोलोजी विषयमा पठनपाठन सुरु भएको छ। संस्थानका कार्यकारी निर्देशक उपरथी प्रा.डा. देवेन्द्रबहादुर खत्रीका अनुसार यससँगै संस्थानले स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहमा शैक्षिक कार्यक्रम विस्तार गरेको छ।

10 समाचार · 13 घण्टा अघि
त्रिभुवन विश्वविद्यालयले आगामी वर्षसम्ममा हरेक क्याम्पसमा ‘स्मार्ट’ कक्षा सञ्चालन गर्ने त्रिभुवन विश्वविद्यालयले आगामी वर्षसम्ममा हरेक क्याम्पसमा ‘स्मार्ट’ कक्षा सञ्चालन गर्ने

त्रिभुवन विश्वविद्यालयले आगामी वर्षसम्ममा आफ्ना आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा कम्तीमा एउटा स्मार्ट कक्षा सुरु गर्ने भएको छ। युनेस्को कार्यालय र चिनियाँ कम्पनी म्याक्स हबको सहयोगमा यो कक्षा सुरु गर्न लागिएको हो। उपकुलपति प्रा डा सुशील बज्राचार्यले पठनपाठनलाई अन्तरक्रियात्मक बनाउन स्मार्ट कक्षा आवश्यक भएको बताए।

3 समाचार · 1 दिन अघि
समृद्धि र मनास्लु वर्ल्ड स्कुललाई ‘बेस्ट प्लस टु अवार्ड’ समृद्धि र मनास्लु वर्ल्ड स्कुललाई ‘बेस्ट प्लस टु अवार्ड’

केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. ले आयोजना गरेको ‘चौथो संस्करणको केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ अन्तर्गत समृद्धि सेकेन्डरी स्कुल र मनास्लु वर्ल्ड स्कुललाई ‘बेस्ट प्लस टु अवार्ड’ प्रदान गरिने भएको छ। दुवै स्कुलले उच्च माध्यमिक शिक्षा क्षेत्रमा गुणस्तरीय र प्रविधिमैत्री शिक्षा प्रदान गर्दै पुर्‍याएको विशिष्ट योगदानको कदर स्वरूप यो अवार्ड प्रदान गरिएको हो।

6 समाचार · 1 दिन अघि

ताजा अपडेट

व्यक्ति र संस्थाहरू