४ दिनदेखि हराइरहेकी सविता काँसघारीमा मृत फेला
▸ यस स्टोरीको अंश: गौशालाका बासिन्दालाई हटाउने प्रक्रिया रोक्न र विनोद साहको मृत्युबारे संसदमा सरकारको ध्यानाकर्षण
मोरङको उर्लाबारीस्थित बक्राहा खोला किनारमा एक महिलाको शव फेला परेको छ। उर्लाबारी नगरपालिका–१ स्थित बक्राहा खोलाको लन्डन ब्रिज नजिक काँसघारीमा मंगलबार बिहान महिलाको शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी सन्तोष श्रेष्ठले जानकारी दिए। उनका अनुसार शव उर्लाबारी–१ लक्ष्मीझारकी ४३ बर्सिया सविता कान्दाङ्वा लिम्बूको भएको पुष्टि भएको छ। उर्लाबारीमै सिलाइ कटाइको काम गर्दै आएकी सविता जेठ ९ गते शनिबार देखि हराइरहेकी थिइन्। सविता हराएको ४ दिनमा उनको शव खोला किनार छेउ काँसघारीमा भेटिएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित