स्वास्थ्यमन्त्री मेहता र भुटानी समकक्षीबीच भेटवार्ता
▸ यस स्टोरीको अंश: स्वास्थ्यमन्त्री मेहता र डब्लुएचओ महानिर्देशकबीच जेनेभामा सहकार्यबारे छलफल
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र भुटानका स्वास्थ्यमन्त्री लियोन्पो तान्डिन वाङचुकबीच स्विट्जरल्यान्डको जेनेभामा विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को ७९औँ विश्व स्वास्थ्य सभामा भेटवार्ता भएको छ । भेटवार्तामा दुवै राष्ट्रले साझा स्वास्थ्य चुनौती समाधान गर्न पारस्परिक सहकार्य आवश्यक रहेको र स्वास्थ्य क्षेत्रमा लचिलो, समावेशी र जनमुखी स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ पार्ने विषयमा छलफल भएको थियो । दुई देशबीचको स्वास्थ्य प्रणालीलाई थप सुदृढ बनाउन सहकार्य गर्ने विषयमा समझदारी भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›