स्वास्थ्य मन्त्रालयमा १८०८ दरबन्दी स्वीकृत, लोक सेवा आयोगमार्फत पदपूर्ति गरिने
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका लागि संघीय पुलअन्तर्गत कुल १८०८ दरबन्दी स्वीकृत भएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट अन्तिम स्वीकृति प्राप्त भएपछि यो दरबन्दी कायम भएको हो। अब लोक सेवा आयोगमार्फत चरणबद्ध रूपमा खुला पदपूर्ति प्रक्रिया सुरु गरिनेछ।
13 समाचार
·
17 मिनेट अघि
स्वास्थ्यमन्त्री मेहता र डब्लुएचओ महानिर्देशकबीच जेनेभामा सहकार्यबारे छलफल
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम घेब्रेयेससबीच जेनेभामा ७९औँ विश्व स्वास्थ्य सभाका क्रममा भेटवार्ता भएको छ। भेटमा महानिर्देशक डा टेड्रोसले विश्व स्वास्थ्य सङ्गठन सधैँ नेपालसँग सहकार्य र सहयोगका लागि प्रतिबद्ध रहेको बताएका छन्।
28 समाचार
·
1 दिन अघि
स्वास्थ्यमन्त्री निशा मेहता र भुटानी समकक्षीबीच स्वास्थ्य सहकार्यमा समझदारी
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र भुटानका स्वास्थ्यमन्त्री लियोन्पो तान्डिन वाङचुकबीच जेनेभामा आयोजित विश्व स्वास्थ्य सभामा द्विपक्षीय भेटवार्ता भएको छ। भेटका क्रममा दुवै देशले साझा स्वास्थ्य चुनौती समाधान गर्न पारस्परिक सहकार्य गर्ने र स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ बनाउने विषयमा समझदारी भएको छ।
5 समाचार
·
1 दिन अघि
स्वास्थ्यमन्त्री मेहताद्वारा गाभीसँग खोप कार्यक्रम र वित्तीय व्यवस्थापनबारे छलफल
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जेनेभामा ‘खोपका लागि ग्लोबल एलायन्स’ (गाभी) का उच्चस्तरीय प्रतिनिधिसँग नेपालको खोप कार्यक्रमको प्रभावकारी उपलब्धता र सङ्क्रमणकालीन वित्तीय व्यवस्थापनबारे छलफल गरेकी छिन्। छलफलमा गाभीसँगको निरन्तर सहयोग र समन्वय अपरिहार्य रहेको तथा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सन्दर्भमा खोप खरिदमा आन्तरिक लगानी बढाउनुपर्ने विषयमा जोड दिइएको थियो।
15 समाचार
·
5 दिन अघि
विश्व स्वास्थ्य संगठन महासभाको उपाध्यक्षमा नेपाल सर्वसम्मत निर्वाचित
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को ७९औँ विश्व स्वास्थ्य महासभाको उपाध्यक्ष पदमा नेपाल सर्वसम्मत रूपमा निर्वाचित भएको छ। जेनेभास्थित पाले डे नेसन्समा आयोजित महासभाको उद्घाटन सत्रमा यो निर्वाचन सम्पन्न भएको हो। यस अवसरमा नेपालको तर्फबाट स्वास्थ्यमन्त्री निशा मेहताले वक्तव्य प्रस्तुत गर्ने कार्यक्रम छ।
18 समाचार
·
6 दिन अघि